कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका -२ सिंहपालमा १७ वर्षीया सम्झना भट्ट रहस्यमय अवस्थामा मृत फेला परेकी छन् ।आइतबार साँझ आफ्नै घरभित्र झ्याल ढोकामा चुकुल लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।
गत फागुन महिनामा सम्झना र पवन भट्टबिच प्रेम विवाह भएको थियो ।शव फेला परेपछि माइती पक्षले हत्या भएको दाबी गर्दै किटानी जाहेरी दिएका छन् । घटनाको अनुसन्धानका लागि प्रहरीले उनका पति २४ वर्षीय पवन भट्टलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद देखिएकाले अनुसन्धान थालिएको छ ।सम्झनाको शरीरमा ठूला चोटहरू नदेखिए पनि नङले कोतरेका जस्ता नीलडाम र घाउ चोटहरू रहेको प्रहरीले जनाएको छ ।घटना भन्दा अघिल्लो दिन इलाका प्रहरी कार्यालय बेल्डाडीमा पनि उनीहरूको विवाद पुगेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया