काठमाडौँ । गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सँग भक्तपुर प्रहरीले पनि बयान लिएको छ ।प्रहरी वृत्त थिमी र जिल्ला सरकारी वकिल कार्यालयले चक्रेसँग बयान लिएको हो । दिव्यश्वरि टाउन प्लानिङस्थित बड्डाको तावामा भएको घटनामा शुक्रबार चक्रेसँग बयान लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकृतले बताए ।
२०८१ भदौ १० मा उनको योजनामा मनिष रायमाझीमाथि भक्तपुरमा खुकुरी प्रहार भएको आरोप छ । वतन नखुलेको अवस्थामा जाहेरी दर्ता भएको भेटिएपछि प्रहरीले अहिले अनुसन्धान अघि बढाएको हो । पीडित रायमाझी त्यसबेला कागज गर्दा ‘चक्रेको योजनामा आक्रमण’ भएको बताएको अनुसन्धामा संलग्न अधिकृतहरू बताउँछन् ।
शुक्रबार चक्रेलाई काठमाडौँबाट भक्तपुर लगेर ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा बयान लिइएको हो । चक्रेको योजनामा रायमाझीमाथि खुकुरी प्रहार गर्ने अजित खवासलाई परिचालन गरिएको प्रहरीको अनुसन्धानकाे निष्कर्ष छ । सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय खवास गत वर्ष पक्राउ परेर छुटेका थिए ।
प्रतिक्रिया