विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

आजको राशिफल

580


ताजा समाचार

निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध (तस्बिर)

निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाकोकाठमाडौं- वि.सं.२०८२ साल साउन २० गते । मंगलबार । ईश्वी सन् २०२५ अगष्ट ५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–एकादशी, १५ घडी ५ पला, बिहान ११ बजेर ३१ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–ज्येष्ठा, १३ घडी ३८ पला, बिहान १० बजेर ५७ मिनेट उप्रान्त मूल ।योग– ऐन्द्र, ६ घडी २१ पला, बिहान ८ बजेर २ मिनेट उप्रान्त वैधृति । करण–भद्रा, बिहान ११ बजेर ३१ मिनेट उप्रान्त बव, रातको १२ बजेर ११ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–वृश्चिक, बिहान १० बजेर ५७ मिनेट उप्रान्त धनु । पुत्रदा एकादशी व्रत । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४८ मिनेट । दिनमान ३३ घडी १७ पला ।  


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 
बौद्धिक, प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा विशेष रुचि बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार, सेयर बजार तथा उद्योगमा सुझबुझका साथ गरिने लगानीबाट आम्दानी गर्न सकिनेछ । दाम्पत्य सुख, प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरू बाहिर आउने तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेको छ । वित्तीय क्षेत्रमा लगानी गर्नुपुर्व अध्ययन गर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारको सिलसिलामा लामो दुरीको यात्राको अधिक सम्भावना रहेको छ । व्यापार तथा सेयर बजारमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत सङ्गीतमा चासो बढ्नेछ । तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्नेछ । भौतिक साधनहरू जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । माया प्रेममा सामीप्य बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । व्यापार वा सेयर बजारमा लगानीको लागी समय मध्यम रहेको छ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जाँगर बढ्नेछ । विलासिताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । आर्थिक समस्या सुल्झाउँदै शिक्षा तथा बैङ्किङ क्षेत्रमा लगानी बढाउन सकिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने नोकरीमा बढुवा हुने योग रहेको छ । बौद्धिकताले सम्मान दिलाउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  बिहानको समय राम्रो रहेकोले आफन्त, दाजुभाइ तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । उत्पादनमुखी व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरूका लागी समय मध्यम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  अध्ययनमा उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तपाईँकै पक्षमा हुनेछन् । दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ति तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । सेयर बजारमा आज गरिने लगानीबाट लाभ लिन सकिनेछ । प्रेममा सामीप्य बढेर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) धन भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार तथा सेयर बजारको लगानीबाट आम्दानीमा बढोत्तरी हुनेछ । आफ्ना भनाइहरू जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाइलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरूका लागि समय फलदायी रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागी हुने योग रहेको छ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । व्यापार, सेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । बिहानको समय मध्यम रहेकोले खानपानमा वा यात्रा गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी गर्न सकिनेछ । कृषि औजार तथा कृषि क्षेत्रको व्यापारबाट नाफा कमाउन सकिनेछ । सेयर बजार, व्यापार तथा वैदेशिक क्षेत्रको कमाइमा बढोत्तरीको योग रहेको छ । प्रेम सम्बन्ध सुमधुर हुने तथा जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मध्यान्हबाट खानपानमा ध्यान दिनुहोला । यात्रा गर्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरुभन्दा अगाडी बढ्न सकिनेछ । आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरीमा पदोन्नती हुने समय रहेको छ । साथी भाइसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरु वर्ग तथा आफन्त खुसी हुनेछन् । माया प्रेममा सामीप्य बढ्नेछ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरीको योग रहेको छ । वित्तीय बजार, कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

अपराध,97,खेलकूद,10,प्रदेशखबर,14,प्रमुख समाचार,164,बिजनेश,16,बिजनेश],4,मनोरञ्जन,9,विचार,12,विज्ञान प्रविधि,12,विशेष,31,विश्व,68,समाचार,327,स्वास्थ्य,65,
ltr
item
janatamukhi: आजको राशिफल
आजको राशिफल
https://ajakoartha.cdnsolution.net/media/news/samsadd_SzknUlhS6h.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhmhfdTJ21Ri4WUvFHKHipytJlhyphenhyphenj_GxUMRsVG-RR-Yu0HuNyV9uWvI9kVowv6V-cg5RaTo41gFGvE0pwDhEfSrwjbqHSEZWZ1Jfvs6UDjhYO7bwP2UejneNAz9RAlfTzH5CXALiwJUxYyh5TLghBWeIgxkopfCN3qAzB4BjK-hcsdqEPF6VBvMEZkEuM0/s72-w350-c-h400/1000020732.jpg
janatamukhi
https://www.janatamukhi.com/2025/08/blog-post_58.html
https://www.janatamukhi.com/
https://www.janatamukhi.com/
https://www.janatamukhi.com/2025/08/blog-post_58.html
true
7686541431472568942
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content