विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

विराटनगरमा भव्य राधाकृष्ण रथयात्रा

580


 विराटनगरमा भव्य राधाकृष्ण रथयात्रा: पाँच लाख भक्तजनको सहभागिता, हेलिकोप्टरबाट पुष्पवृष्टि

सुशीला पाठक

विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आइतबार विराटनगरमा भव्य राधाकृष्ण रथयात्रा निकालिएको छ । रथयात्रालाई भव्यता प्रदान गर्न हेलिकोप्टरबाट पुष्प वृष्टिसमेत गरिएको छ। रथयात्रामा मोरङको गाउँ-गाउँ, कोशी र मधेस प्रदेशका जिल्ला र भारतबाट आएका भक्तजनको जनसागर ओर्लिएको छ । 

रथयात्राका लागि यस वर्ष विराटनगर महानगरपालिकाको ४४ लाख ७८ हजारको लागतमा फलाम, सखुवा र सिसौंको काठ प्रयोग गरेर नयाँ रथ तयार पारिएको छ । नयाँ रथ पूरानो भन्दा केही लामो, चौडाई, व्यवस्थित र आकर्षक रहेको छ । 

नयाँ रथ २१ फिट ३ इञ्च अग्लो, २२ फिट लम्बाई र १४ फिट चौडाई राधाकृष्ण भगवानको आशन आकर्षक र भित्रि भागलाई फराकिलो बनाइएको, ब्रेक हाइड्रोलिक, आकर्षक बिजुली बत्ती, ८ वटा सिसि क्यामेरा जडित ७ टनको रहेको अध्यक्ष कैलास रेग्मीले बताएका हुन् । 

रथको अग्र भागको दायाँ र बायाँ गरी दुबैपट्टी ७५ फिट लामो रथ तान्न रथको दायाँ लठा पुरूष प्रहरीका साथै भक्तजन र बायाँ महिला प्रहरी भक्तजनले तानेर रथयात्रा निकालिएको हो ।

रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरू भई मेनरोड हुँदै रोडशेष चोकबाट, महेन्द्र चोक, धरान रोड, बरगाछीबाट पूनः मन्दिर परिसरसम्म ९ किलोमिटर दुरी तय गरिएको छ । 

भक्तजनहरूको लागि रथयात्राको दर्शन र पूजा गर्न ४४ ठाउँमा विश्राम दिने व्यवस्था गरिएको छ । रथको दर्शन गरेमा, डोरी छोएमा पुन्य प्राप्त हुने जनविस्वास छ । १९८८ सालमा राधारकृष्ण मन्दिरको स्थापना भएदेखि खट यात्राबाट सुरू भएर २०२५ सालमा रथको निर्माण गरी कृष्णजन्माष्टमीको भोलीपल्ट राधाकृष्णको प्रतिमा राखेर रथयात्रा निकाल्ने परम्पराले धार्मिक र सांस्कृतिक महत्त्व बोकेको पण्डित भवानी शंखर निरौलाको भनाइ छ ।

रथयात्रामा कोशी प्रदेस, मधेस प्रदेस र भारतका विभिन्न स्थानबाट ५ लाख भक्तजनको सहभागीता छ । रथयात्रामा कडा सुरक्षा वयवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ, महानगर प्रहरी र स्वयंसेवक परिचालन गरिने आयोजक समितिले जनाएको छ । रथयात्रा अवधीभर कुनै किसिमको अबाञ्छित गतिविधि हुन नदिनका लागि ड्रोन क्यामेराले समेत निगरानी गरिएको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

अपराध,97,खेलकूद,10,प्रदेशखबर,14,प्रमुख समाचार,164,बिजनेश,16,बिजनेश],4,मनोरञ्जन,9,विचार,12,विज्ञान प्रविधि,12,विशेष,31,विश्व,68,समाचार,327,स्वास्थ्य,65,
ltr
item
janatamukhi: विराटनगरमा भव्य राधाकृष्ण रथयात्रा
विराटनगरमा भव्य राधाकृष्ण रथयात्रा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi7TXiE79mK_xvnArCGaxvR2X7zGJlDiLZ7_rKPbWjs3kzTT6yAtS0e4epz-xKYr844SyJCz05E7pi6vWdbWe6yPHLESsf-D5rZIS0NERrnutcq1umACxKT1sha_s52uUDBlk_cxjKFcncVgQik7ti_eULenfV14PMJcu_56UDp4vR6HJ4FMxFrsx0CtBQ/w400-h266/1000021804.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi7TXiE79mK_xvnArCGaxvR2X7zGJlDiLZ7_rKPbWjs3kzTT6yAtS0e4epz-xKYr844SyJCz05E7pi6vWdbWe6yPHLESsf-D5rZIS0NERrnutcq1umACxKT1sha_s52uUDBlk_cxjKFcncVgQik7ti_eULenfV14PMJcu_56UDp4vR6HJ4FMxFrsx0CtBQ/s72-w400-c-h266/1000021804.jpg
janatamukhi
https://www.janatamukhi.com/2025/08/blog-post_18.html
https://www.janatamukhi.com/
https://www.janatamukhi.com/
https://www.janatamukhi.com/2025/08/blog-post_18.html
true
7686541431472568942
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content