दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित एलुङ रि हिमालमा गएको हिमपहिरोमा परी सात जनाको ज्यान गएको छ ।सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मृत्यु हुनेमध्ये पाँच जना विदेशी नागरिक र दुई जना नेपाली गाइड रहेका छन् ।डीएसपी थापाका अनुसार सोमबार बिहान करिब १० बजेतिर हिमपहिरो गएको थियो। घटनामा अन्य पाँच जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
सशस्त्र प्रहरीका अनुसार, नेपाली र विदेशी नागरिकसहित १२ जनाको आरोहण टोली एलुङ रि गो हिमाल ९५,६३० मिटर० आरोहणका लागि गएको थियो। प्रारम्भिक जानकारी अनुसार पहिरो उच्च हिमाली क्षेत्रमा आएको र आरोहण टोली सोही समयमा मार्गमा रहेको बताइएको छ।
घटनापछि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) लामाबगर, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार कार्य सुरु गरेको छ। करिब ५० जनाको संयुक्त टोली घटनास्थलतर्फ खटिएको डीएसपी थापाले जानकारी दिए।यसअघि, आरोहण टोलीमा १५ सदस्य रहेको प्रारम्भिक समाचार आएको थियो । तर कुल १२ जना मात्रै सो दलमा सहभागी रहेको खुलेको छ । उद्धार टोलीले अहिलेसम्म केही शव फेला पारेको र बाँकीको खोजी कार्य जारी रहेको छ ।



प्रतिक्रिया