झापा शिवसताक्षी नगरपालिका–१० का सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा २ ब्यक्ती प्क्राउ परेका छन। पक्राउ पर्नेमा झापा माइधारका २५ बर्षिय सुनिल शाह र अन्दाजी २६ बर्षिय राहुल शाह लाई झिलझिले इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुबास के दि को कमान्डले हिजो पक्राउ गरेको हो।
शर्माको शव हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलाको पुलमुनी फेला परेको छ। शनिबार बिहान कालो प्लास्टिकमा बेरिएको अवस्थामा उनको शव गाडिएको अवस्थामा भेटिएको हो।
दुई दिनअघि शर्मा सवार बा १–०३०–च ७१९४ नम्बरको गाडी चारआली–भद्रपुर सडकखण्डअन्तर्गत हातेमालो सामुदायिक वनभित्र जलिरहेको अवस्थामा फेला परेको थियो। गाडी जलेको दुई दिनपछि बिरिङ पुलमुनी शव भेटिएपछि घटनालाई हत्या भएको आशंका गरिएको छ।
शर्मा गत कार्तिक ९ गते दिउँसो २ बजे माइधारस्थित घरबाट गाडी धुने भन्दै निस्केका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। झन्डै सात दिनपछि उनको शव फेला परेको हो।
घरबाट निस्केपछि जिल्लाका विभिन्न बजारमा शर्मा घुमेको सिसिटिभी फुटेज फेला परेको छ। उनी अन्तिम पटक सुरुङामा देखिएको फुटेज प्रहरीको फन्दामा परेको बताइएको छ।
काठमाडौंमा बस्दै आएका शर्माको सेन्लटस कम्पनीको उक्त गाडी कसले र किन जलाएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट भएको छैन। दशैंमा घर आएका शर्मा छठ पर्व मनाएर काठमाडौं फर्कने तयारीमा थिए।



प्रतिक्रिया