काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिएका छन् । घरायसी कारण देखाउँदै उनले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा पेस गरेका हुन् ।२०५८ साउन १८ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट सेवा प्रवेश गरेका रानाभाट यसैवर्ष एसएसपीमा बढुवा भएका थिए । उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए ।
राजीनामा स्वीकृतिका लागी आईजीपीले निर्णय गरेर गृह मन्त्रालयमा पठाउनुपर्ने कानुनी व्यवस्था छ । त्यसपछि गृह मन्त्रालयले स्वीकृत गर्नुपर्ने हुन्छ ।



प्रतिक्रिया